|

संखुवासभा : छतबाट खसेर सशस्त्र प्रहरीको अरुणदल गुल्म चैनपुरमा कार्यरत एक प्रहरी जवानको मृत्यु भएको छ। छतबाट खसेर खाँदबारी ४ का चन्द्रमणि काफ्लेको ज्यान गएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।

ड्युटीमै रहेका बेला शुक्रबार बिहान ३ बजेतिर मोबाइलमा कुरा गर्दैगर्दा उनी खसेका हुन्। घटनास्थलमै उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए। काफ्लेको शव पोष्टमार्टमका लागि खाँदबारी ल्याइएको प्रहरीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.