|

अर्जुन बोहरा- 

    हुम्ला : पर्यटकीय सम्भावना बोकेको  कर्णालीका ५ वटै जिल्लालाई पर्यटन गुरुयोजना निर्माण कार्य  सुरु गरिएको छ।  कर्णाली अञ्चललाई पर्यटकीयस्थल बनाई स्थानीयवासीको आर्यस्रोत्तमा वृद्धि गर्नका लागि कर्णाली पर्यटन विकास बोर्डले  हुम्लाबाट प्रस्तावित खाका संकलन गरेको हो।

    हुम्ला जिल्लाका पर्यटनका सम्भावित योजना तथा पर्यावरणीय क्षेत्रको विकासका लागि जिल्लाका सरोकारवाला निकायासँग एकदिने गोष्ठी सञ्चालन गरेकोे कर्णाली पर्यटन विकास बोर्डका  कन्सन्टेन प्रकाश बूढा थापाले बताए। कर्णाली प्रर्यटन विकास बोर्डका अध्यक्ष शिवराज शर्माको अध्यक्षतामा बसेको बैठकले जिल्लाको प्रकृतिक स्थल, धार्मिक स्थल, गन्तव्य स्थलहरुको खाका तयार पारेर बोर्ड लाई बुझाएको छ।

     गुरुयोजनाले जिल्लाको पर्यटन क्षेत्रको पहिचान गर्ने, पर्यटकीय सम्भावना रहेका  धार्मिक, सांस्कृतिक, भौतिक, मनोरञ्जनात्मक, पैदलयात्रा, र्‍याफटिङ्गलगायत पर्यटन क्षेत्रको खोजी गर्ने   र भावी योजनाबारे विस्तृत क्षेत्र समेट्ने खालका प्रस्तावना समेटिएको जिल्ला समन्वय समितिका संयोजक दानबहादुर रावतले बताए।  उनका अनुसार गुरुयोजनाको निर्माणपछि जिल्लाको पर्यटन विकासको वास्तविकता ल्याउनका लागि पर्यटनको सम्भावना पहिचान र योजना तर्जुमाका लागि  सबै तहतप्का लाग्नुपर्ने जोड दिए।

     बैठकमा  कर्णालीका सबै जिल्लामा  मोटरबाटो पुग्नासाथ प्रशस्त मात्रमा  पर्यटकीय आकर्षण केन्द्र रहेकोले पहिलो धार्मिक पर्यटनलाई प्रवद्र्धन गर्न, हुम्लालाई मानसरोवर कैलाश दर्शनको  आगमनको लागि स्थाई भरपर्दो प्रवेश मार्ग बनाउनुपर्ने कर्णाली पर्यटन विकास बोर्डका अध्यक्ष शर्माले बताए।

    मुगुको रारा, डोल्पाको से फोक्सुन्डो, त्रिपुरासुन्दरी मन्दिर, जुम्लाको चन्दनाथ, हुम्लाको खार्पुनाथ धार्मिकस्थलको विकास गरेमा कर्णालीको महार फेरिने बताएका छन्।  डोल्पाको से फोक्सुन्डो हुँदै रारा करिडोर र रारा हुँदै हुम्लाको सिमकोट मानसरवर कैलाश दर्शन मार्ग करिडोरका  साथै नेपालगञ्जको रुपाडिया हुँदै सुर्खेत क्याँग्रे विहारा दैलेखकोे ज्वालमुखी, जुम्लाको चन्दनाथ  हुँदै हुम्लाको मानसरोवर कैलाश दर्शन मार्गको करिडोर निमार्णको प्रस्तावना गरिएको छ।

     अहिले हुम्लामा केवल मानसरवर कैलाश दर्शनमार्गको  रुट मात्र भनियता पनि कर्णालीभित्र थुप्रै पर्यटकीय सम्पदा भरिपूर्ण भएकोले यसलाई गहिरो अनुसन्धान गरी बाहिर ल्याउनुपर्ने जिल्ला समन्वय समितिका उपसंयोजक खगेन्दु कार्कीले बताए।  जिल्ला समन्वय समितिका उपसंयोजक कार्कीले गुरु योजना बनाउनुभन्दा पहिलो स्थानीयस्तरमा गएर त्यहाँको पुरातात्विक पौराणिक स्थलको तथ्यांक लिएर योजना निर्माण गर्नुपर्नेमा जोड दिए।

    पटक पटक कर्णाली बाटनै पर्यटन मन्त्रि बन्ने काम भएको र कर्णालीमा पर्यटनको विकास नभएको केवल पदमा भएर झारा टार्ने काम मात्र गरेको नेकपा एमालेका जिल्ला उपध्याक्ष ज्ञामी बुमीले  गुनासो पोखे।

     हुम्लामा पर्यटनका सम्भावान धेरै भएकोले कृषि क्षेत्र भन्दा यसमा लगानि गरेमा यस क्षेत्रका बास्न्दिा पर्यटन क्षेत्र बाटै नै लाभ लिन सक्ने  मेरुदण्ड भएको प्रमुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद बास्कोटाले बताए। हुम्लामा गरिबी निवारण उन्मुलन गर्नको लागि पर्यटन  विकासको आधार भएकोले अब सवै अधिकार स्थानिय तहमा आइसकेकोले यस लाई रणनितीक हिसाबले  केन्द्र मुख नताकेर  आफै लाग्नु पर्नेमा प्रमुख जिल्ला बास्कोटाले बताए।

    कर्णाली अञ्चल आफैमा पर्यटकीय क्षेत्र भएकाले सवैको सहभागीतामा  जिल्ला क्षेत्र केन्द्रि सरकार समेत लागेर कर्णालीमा  निमार्ण हुन लागिरहेको गुरु योजना लाई पहिलो प्रथामिकता दिनु पर्ने जिल्ला समन्वय समितिका सचिब लोक बहादुर सुनारको  भनाइ छ।

    जिल्लाका धार्मिक, हिमाल तातलैहा ,विभिन्न स्थानमा कोट,छहरा, हिमश्रीङखला, लिमीभ्याली, विभिन्न स्थानमा रहेका गुफा,कर्णाली नदिएका दोभान,  खोलानाली,धार्मिक मठमन्धिर ,गन्तब्य स्थानको सूचीकृत संभावित रणनित दृष्य र गन्तब्य स्थानको पहिचान गरि बोर्डलाई बुझाएका छन्।

    तपाईको प्रतिक्रिया दिनुहोस्

    तपाईंको ईमेल गोप्य राखिनेछ ।
    This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.