|

जनकपुरधाम : २१ मंसिरमा हुन लागेको प्रतिनिधसभा र प्रदेशसभाको निर्वाचनका लागि बिहीबार देशका ४५ वटा जिल्लामा मनोनयन दर्ता सम्पन्न भएको छ। धनुषामा वाम गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका प्रदेश नं. २ का इन्चार्ज मातृकप्रसाद यादवले धनुषाको क्षेत्र नं. १ बाट मनोनयन दर्ता गराएका छन् भने प्रदेशसभाका लागि १ (क) बाट एमालेका किशोरी साह र (ख) माओवादी केन्द्रबाट रामचन्द्र मण्डलले मनोनयन दर्ता गराएका छन्।

धनुषाको क्षेत्र नं. २ बाट वाम गठबन्धनबाट माओवादी केन्द्रका नेता रामचन्द्र झाले मनोनयन पत्र दर्ता गराएका छन् भने प्रदेशसभाका लागि २ (क) बाट माओवादी केन्द्रका नवल किशोर साह र (ख) बाट एमालेका रामचन्द्र मण्डल रहेका छन्।  

प्रदेश नं. २ को राजधानी मानिएको जनकपुर अर्थात् क्षेत्र नं. ३ मा स्वास्थ्य राज्यमन्त्री रामसिंह यादवले उम्मेदवारी दर्ता गराएका छन्। एमाले र माओवादीको भाग बन्डामा सुरुमा क्षेत्र नम्बर ३ स्वतन्त्र भनिएको थियो, तर, अन्तिम समयमा आएर माओवादी केन्द्रले अधिवक्तासमेत रहेका यादवलाई प्रतिनिधिसभाको उम्मेदवार बनाएको हो। यसैगरी, प्रदेशसभाका लागि ३ (क) बाट एमालेका दीपेन्द्र यादव दीपु र (ख) मा स्वतन्त्र रहेको छ ।

यसैगरी, वाम गठबन्धनको तर्फबाट धनुषाको क्षेत्र नं. ४ मा एमालेका नेता रघुवीर महासेठले मनोनयन पत्र दर्ता गराएका छन्। सुरुमा एमालेकै अर्को सांसद शत्रुधन महतोको नाम चर्चामा रहे पनि अन्तिम समयमा रघुवीर महासेठले मनोनयनपत्र दर्ता गराएका छन्। यता, शत्रुधन महतो क्षेत्र नं. ४ कै प्रदेशसभा निर्वाचनको (ख) बाट मनोनयनपत्र दर्ता गराएका छन् भने (क) मा एमालेकै बाबु साहेव यादव रहेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.