|

कालिकोट : स्थानीय तह चुनावमा अछामको मेल्लेख गाउँपालिका अध्यक्षमा नेकपा क्रान्तिकारी माओवादीकातर्फबाट उम्मेदवार बनेर १ मत ल्याएका कृष्णबहादुर खत्री आसन्न प्रदेशसभा निर्वाचनमा पनि उम्मेदवार बनेका छन्।

खत्रीले यसपटक अछाम क्षेत्र नम्बर १ को २ बाट प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन्। उनले यसपटक पनि सोही पार्टीबाट उम्मेदवारी दिएका हुन्। स्थानीय चुनावमा प्रस्तावक, समर्थक तथा आफ्नै परिवारका सदस्यको समेत मत प्राप्त गर्न नसकेका खत्रीलाई क्रान्तिकारी माओवादीले फेरि उम्मेदवार बनाएको हो।

अछाममा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि एक स्वतन्त्रसहित २३ जनाको उम्मेदवारी परेको छ। बिहीबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा २ पदका लागि एक स्वतन्त्रसहित ७ दलका २३ उम्मेदवारले मनोनयन दर्ता गराएका हुन्।

स्वतन्त्र उम्मेदवारी दिनेमा क्षेत्र नम्बर २ को प्रदेशसभा १ बाट कर्णबहादुर बुढा रहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.