|

दाङ : नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले नेपालमा एउटै कम्युनिस्ट पार्टी हुने बताएका छन्। शुक्रबार प्रेस सेन्टर र प्रेस चौतारी दाङले घोराहीमा आयोजना गरेको संयुक्त पत्रकार भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन्। उनले चुनावी एकता मात्र नभएर चुनावपछि पार्टी नै एक हुने उल्लेख गरे।

उपप्रधानमन्त्रीसमेत रहेका महराले अर्को प्रसंगमा अबको एजेन्डा भनेको आर्थिक समृदि भएको बताउँदै दाङलाई प्रदेशको राजधानी बनाउन वाम गठबन्धनले भूमिका खेल्ने बताए। त्यस्तै, सोही कार्यक्रममा नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं शंकर पोखरेलले मुलकलाई आर्थिक, सामजिक व्यवस्थामा पुर्याउन वाम गठबन्धनले भूमिका खेल्ने बताएका छन्।

नेता पोख्रेलले संविधानले प्रदान गरेका अधिकार प्रयोग गर्दै आर्थिक समृद्धिमा केन्द्रित हुने समय आएको उल्लेख गरे। उनले एउटै घोषण पत्र बनाएर माओवादी र एमाले चुनावमा जानु दीर्घकालीन महत्व रहेको बताए।

निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा (क) को उम्मेदवारसमेत रहेका पोख्रेलले चुनावमा एमाले र माओवादीका चुनावी गतिविधि संयुक्त हुने बताउँदै चुनावपछि दुवै पार्टी एक हुनेमा विश्वास गर्नसमेत आग्रह गरे। एमाले र माओवादीले दाङले नै राष्ट्रिय राजनीतिमा नेतृत्व गर्ने मिसन सञ्चालन गरेको बताउँदै त्यसका लागि सहयोग गर्न दाङका जनतालाई सहयोगका लागि अपिलसमेत गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.