|

रुकुम : राप्ती क्षेत्रकै प्रसिद्ध धार्मिकस्थल रुकुमको मुसिकोट नगरपालिका ५ थर्पुमा रहेको डिग्रे साईकुमारी मन्दिर परिसरमा लाग्ने डिग्रेमेला जारी रहेको छ। हरेक वर्ष हरिबोधनी एकादशीदेखि कात्तिक शुक्लपूर्णिमासम्म लाग्ने डिग्रे मेलामा सयांैको संख्यामा बोकाको बलिसमेत दिइने गरेको छ। 

मेला अवधिमा बिहान सबेरैदेखि साँझ अबेरसम्म पनि मन्दिरमा पूजाआजा गर्ने भक्तजनहरुको भिड लाग्ने गरेको छ।मेलामा सुर्खेत, जाजरकोट, रोल्पा, सल्यान दाङ, बर्दिया जिल्लालगायत रुकुम जिल्लाका विभिन्न ठाउँबाट आउने गर्छन्।

झण्डै एक लाख बढी भक्तजनहरुले मन्दिरमा पूजापाठ तथा दर्शन भेट गर्ने मेला व्यवस्थापन समितिले बताएको छ। डिग्रे साईकुमारीको मन्दिरमा पूजापाठ गर्नाले मनले चिताएको पुग्ने जनविश्वास रहिआएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.