|

सल्यान : जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा न ४ को वडा कार्यालयमाथि बिहीबार राति अज्ञात समूहले तोडफोड गरेको छ। राति करिब १२ बजेतिर अज्ञात समूहले कार्यालयको ताला फोडेर तोडफोड गरी झन्डै २ लाख जतिको क्षति गरेको वडा अध्यक्ष राजबहादुर बुढाथोकीले जानकारी दिए।

अज्ञात समूहले कार्यालय भित्रको कम्प्युटर, फोटोकपी मेसिन, सोलार, कुर्सी, दराज पूर्ण रूपमा तोडफोड गरेको बुढाथोकीले बताए। महत्वपूर्ण कागज जलाइएको र केही पानीमा फालिएको अवस्थामा फेला परेको बताइएको छ।

कार्यालयमा रहेको सामाजिक सुरक्षा भत्ताको ९ लाख ७० हजार रुपैयाँ केही नचलाइएको उनले बताए। तोडफोडमा संलग्नहरुको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.