|

सोलुखुम्बुः सोलुखुम्बुमा एक विदेशी नागरिकको लडेर मृत्यु भएको छ। 

अमादब्लम हिमाल आरोहण गरेर फर्कने क्रममा लडेर  ५९ वर्षका कोरियाली नागरिक न्यान हुन्लीको बुधबार मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सोलुखुम्बले जनाएको छ। 

हिमाल आरोहण गरेर फर्कने क्रममा बुधबार करिब छ हजार ६०० मिटरको उच्चाइमा पुग्दा लडेर उनको मृत्यु भएको प्रहरीले बताएको छ। 

कार्तिक ३ गते हाइट हिमाल ट्रेक कम्पनी काठमाडौंमार्फत् उनीसहित सात टोली काठमाडौंबाट सोलुखुम्बु आएका थिए। उनको शवलाई शुक्रबार फिष्टेल एयरको हेलिकोप्टरबाट लुक्ला ल्याई कानुनी प्रक्रिया पूरा गरी काठमाडौंको शिक्षण अस्पताल लगिएको सोलुखुम्बुका प्रहरी नायव उपरीक्षक रेशमबहादुर पराजुलीले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.