|

  • गोविन्द महतो-

जनकपुरधाम : एक हजार ५०० नाइट्रोभेट ट्याब्लेटसहित धनुषाबाट एक भारतीय नागरिक पक्राउ परेका छन्। नेपाल–भारतको सीमावर्ती क्षेत्रबाट नेपालतर्फ टाउकोमा बोकेर ल्याउँदै गरेको उक्त परिमाणको ट्याब्लेटसहित उनलाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सीमावर्ती क्षेत्र भारत मधुवनी जिल्ला हरलाखी पञ्चायत इटहर्वा वडा नं.– १ का २४ वर्षका अन्सारुल राइन रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। 

सीमावर्ती क्षेत्रबाट प्रहरीलाई छली गर्दै आइरहेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलीले धनुषाको धनौजी गाउँपालिका– ४ बाट राइनलाई पक्राउ गरेको हो। प्रहरीको अनुसन्धानबाट राइन निरन्तर रूपमा प्रतिबिन्धित लागू औषधको कारोबारमा लागेको खुल्न आएको बताइएको छ।

भारतमा खुलेआम रूपमा पाइने नाइट्रोभेट प्रति ट्याब्लेट चार रुपैयाँको दरले पाइन्छ भने नेपालमा प्रति ट्याब्लेट २० रुपैयाँमा बिक्री वितरण हुँदै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.