|

दाङः दाङमा मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा जिल्लाका मुख्य तीन दलबाट एक मात्र महिला उम्मेदवार चुनावमा लड्दै छन्।

जिल्लामा मुख्य दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रबाट चुनाव लड्ने उम्मेदवारमध्ये एक मात्र महिला उम्मेदवारी नेपाली कांग्रेसको तर्फबाट निवर्तमान सांसद सुशीला चौधरीको परेको छ।

जिल्लामा प्रतिनिधिसभातर्फका तीन क्षेत्रमध्ये क्षेत्र नं.– १ बाट चौधरीलाई उम्मेदवार बनाएको हो। उनी यसअघि २०७० सालमा भएको दोस्रो चरणको संविधानसभाबाट सभासदको रूपमा पनि सोही निर्वाचन क्षेत्रबाट निर्वाचित भएकी थिइन्। 

कांग्रेसले अन्य क्षेत्रमा वर्तमान मन्त्रीदेखि निवर्तमान सांसदसम्मलाई उम्मेदवार बनाएको छ। तर वाम गठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभातर्फ बनाएको छैन। जिल्लामा विभिन्न दलहरूका तर्फबाट प्रतिनिधिसभा र प्रदेशसभामा गरी ८९ जनाको उम्मेदवारी दर्ता भएको छ। 

प्रतिनिधिसभातर्फ २३ जना, प्रदेशसभातर्फ ४९, स्वतन्त्रले प्रतिनिधिसभामा ८ र प्रदेशमा ९ गरी ८९ जनाको दर्ता भएको निर्वाचन कार्यालयले जानकारी दिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.