|

काठमाडौं : मंसिर १० र २१ गते दुई चरणमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार भएकामा २०४८ सालदेखि २०७४ सम्म लगातार सांसद/सभासद हुने मौका पाएका नेता पनि छन्। ६ नेताले २०४८ सालदेखि गत असोज २८ गतेसम्म करिब २६ वर्षसम्म लगातार सांसद/सभासद हुने मौका पाएका छन्।

यी नेतामध्ये नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले यसपटक प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएनन्। बाँकी पाँच नेताले छैठौौंपटकका लागि उम्मेदवारी दिएका छन्। बिजुक्छेंले नयाँ पु्स्तालाई अवसर दिन आफूले यसपटक उम्मेदवारी नदिएको बताए। उनकोनाम समानुपातिक उम्मेदवारको सूचीमा पनि छैन। 

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा २०४८ सादेखि डडेल्धुराबाट सांसद/सभासद निर्वाचित हुँदै आएका छन्। अहिले पनि उनी सोही जिल्लाबाट प्रतिनिधिसभा सदस्य चुनावमा उम्मेदवार छन्। 

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पनि तनहुँबाट निरन्तर सांसद/सभासद विजयी हुँदै आएका छन्। २०४८, २०५१, २०५६, २०६४ र २०७० सालको संसदीय र संविधानसभा सदस्य चुनावमा उनी विजयी भएका थिए। अहिले पनि उनी तनहुँ क्षेत्र नम्बर १ बाट उम्मेदवार छन्। 

कांग्रेसका अर्का नेता विजयकुमार गच्छदार पनि २०४८ सालदेखि सुनसरीबाट निर्वाचित हुँदै आएका छन्। कांग्रेसका नेता पूर्णबहादुर खड्का र रामजनम चौधरीले पनि २०४८ सालयता निरन्तर संसद र संविधानसभामा प्रतिनिधित्व गर्ने अवसर पाएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.