|

काभ्रेपलाञ्चोक : पूर्वराजा ज्ञानेन्द्र शाहा सपरिवार सहित शुक्रबार काभ्रेपलाञ्चोकको धुलिखेलमा आएका छन्। दिउँसो साढे बजे बा ४ झ ३८०७ नम्बरको गाडीमा धुलिखेल स–परिवार सहित आइपुगेका उनी होटल द्धारिकाजमा १० वटा कोठा बुकिङ गरी बसेका छन्।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी उपरीक्षक सहकुलबहादुर थापाले पूर्वराजाको कुनै औपचारिक कार्यक्रम नभएको बताए। ‘औपचारिक कार्यक्रम वारेमा केही जानकारी छैन, मात्रै आरामको लागि आउनुभएको भन्ने जानकारी छ’ थापाले भने। उनी दुई दिनसम्म बस्ने जानकारी आएको थापाले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.