|

कावासोती : नवलपरासीमा रहेको चौधरी फाउन्डेसनमार्फत सञ्चालित चौधरी उद्योगग्रामले औद्योगिक पार्कबाट यस क्षेत्रको विकास निर्माणका लागि वार्षिक रुपमा २० लाख रुपैयाँ सामाजिक योगदान गर्ने जनाएको छ। शुक्रबार चौधरी उद्योगग्राम दुम्कैली परिसरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा यस्तो जनाइएको हो।

नवलपरासीको यस क्षेत्रमा विकास निर्माणको योजना छनोट र प्रभावकारी कार्यान्वयनका लागि चौधरी उद्योगबाट  र जनप्रतिनीधिहरुबाट एक विकास निर्माण समिति र एक अनुगमन समिति निर्माण गरी दिगो विकासको अवधारणाअनुरुप

समाजसँग सहकार्य गर्दै अगाडि बढ्ने सिजी औद्योगिक पार्कका वरिष्ठ माहाप्रबन्धक रामभक्त केसीले जानकारी दिएका छन्। केसीले औद्योगिक पार्कले पनि कानुनको पालना गर्दै खुला तथा स्वतन्त्र व्यापार गर्न पाउनुपर्ने आफ्नो एक खालको योजना रहेको माहाप्रबन्धक  केसीले बताएका छन्।

औद्योगिक प्रतिष्ठानको क्षमता अभिवृद्धिदेखि यसको विकास र विस्तारमा स्थानीय सरकारको पनि समर्थन हुनुपर्ने धारणासमेत वरिष्ठ माहाप्रबन्धक केसीले व्यक्त गरेका थिए। चौधरी ग्रुपले समाजका लागि गर्दै आएको क्रियाकलापबारे समेत जानकारी गराइको थियो। चौधरी उद्योगबाट निष्कासित फोहोर व्यवस्थापनका लागि आफूहरु चिन्तित रहेको  केसीले बताएका छन्।

स्थानीयले उक्त्त क्षेत्रमा चौधरी उद्योगको फोहोर व्यवस्थापनका लागि पटकपटक उद्योगसँग अनुरोधसमेत गर्दै आएका छन्। वरिष्ठ माहाप्रबन्धक केसीले चौधरी उद्योगले सामाजिक विकासमा पनि स्थानीय उद्योगको जिम्मेवारी रहने भन्दै आफूहरुले यस क्षेत्रको विकासका लागि वार्षिक २० लाख विकासमा खर्चने बताएका छन्।

चौधरी पार्कका वरिष्ठ माहाप्रबन्धक रामभक्त केसीको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा इलाका प्रशासन कार्यालय प्रमुख टीकाराम वाग्ले तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.