|

कालिकोट : जिल्लामा गत आइतबारदेखि बुधबारसम्म खरबारीमा घास काट्न जादाँ तीन जनाको मृत्यु भएको छ। भिरालो जमिनमा खरबारी भएका कारणले यहाँका अधिंकाश मानिसहरु खर काट्न जाँदा ज्यान जाने गरेको छ।

४ दिनको अन्तरालमा कालिका गाउँपालिका–५ सुकाटियाका आदिप्रसाद आयार्य, नरहरिनाथ गाउँपालिका वडा–४ का मोतीबहादुर बोगटी र नरहरिनाथ गाउँपालिका ९ का प्रदीप बाहोराको खर काट्न गएको बेला भीरबाट लडेर मृत्यु भएको छ। आचार्यको आइतबार, बोगटीको सोमबार र बोहोराको मंगलबार खर काट्न गएको बेला भीरबाट लडेर मृत्यु भएको हो।

खरबारीमा नै घास काट्न गएको बेला गत शनिबार नरहरिनाथ गाउँपालिका वडा ९ लालुका पंखबहादुर रावल गम्भीर घाइते भएपछि नेपालगञ्जमा समेत उपचार हुन नसकेपछि काठमाडौं पठाइएको छ।

हिउँदमा वस्तुभाउलाई घास खुवाउनका लागि खरबारी राख्ने गरिएको खरबारी भिरालो जमिनमा हुदाँ बर्सेनी मानिसको ज्यान जाने गरेको नरहरिनाथ गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष गगनबहादुर फडेराले बताए। ‘खरबारीहरु भिरालो जमिनमा रहेका छन्’ उनले भने,‘हिउँदमा वस्तुभाउलाई घास खुवाउनका लागि खरबारी राख्ने चलन छ। त्यसै खरबारीमा घास काट्न जादाँ बर्सेनी मानिसहरुको ज्यान जाने गरेको छ।’

खरबारीमा घास काट्न जाँदा भिरालो जमिन भएका कारणले कयौं मानिसको ज्यान जाने र कयौं मानिस भीरबाट लडेर घाइतेको हुने गरेको कालिका गाउँपालिका स्थानीय मनबहादुर कार्कीले बताए। ‘जमिन भिरालो छ’ उनले भने,‘भिरालो जमिनमा खर काट्न जाँदा कयौं मानिस भीरबाट लडेर मर्ने र कयौं मानिसहरु घाइते हुने गरेका छन्।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.