|

चितवन  : पाँच वर्षपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड माडी पसेका छन्। ०६९ मा माडी महोत्सव उद्घाटन गरे पनि प्रचण्ड आएका थिएनन्। शनिबार माडी पुग्दा प्रचण्डलाई बाजागाजासहित भव्य स्वागत गरिएको थियो। माडीको वनकठ्ठादेखि नै उनलाई स्थानीयले स्वागत गरेका थिए।

माडी नगरपालिका गेटमै भव्य ब्यानर लेखेर माडीमा पूर्वप्रधानमन्त्री प्रचण्ड र पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेलाई हार्दिक स्वागत गरौं भनेर लेखिएको ब्यानर नै टाँगिएको थियो। माडीको वसन्तपुरमा रहेको सहिदको सालिकमा माल्यार्पण गरी प्रचण्डले माडीका कार्यक्रमहरुमा सहभागी भएका छन्। उनी माडीको बाँदरमुढे घटनाका कारण आलोचनामा परेका थिए।

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.