|

काठमाडौंः कवि राधिका गुरागाईंको कवितासंग्रह ‘प्रतिबिम्ब हराएको मान्छे’ र गोकुल अधिकारीको कवितासंग्रह ‘गोधूलि घर’ शुक्रबार काठमाडौंमा लोकार्पण गरियो।

पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरको आयोजनामा काठमाडौंको प्रज्ञा भवनमा आयोजित कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानका उपकुलपति डा. विष्णुविभु घिमिरेले यी दुवै कृतिको लोकार्पण गरेका हुन्। 

पूर्वाञ्चल साहित्य प्रतिष्ठानका अध्यक्ष विवश पोखरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा साहित्यकारहरू दधिराज सुवेदी, डा. तुलसी भटराई, प्राज्ञद्वय मातृका पोखरेल र श्रवण मुकारुङले शुभकामना मन्तव्य राखेका थिए। 

कवि अधिकारीको कृतिमाथि डा. लक्ष्मणप्रसाद गौतमले तथा राधिका गुरागाईंको कृतिमाथि डा. ज्ञानु पाण्डेले टिप्पणी  गरेका थिए। 

राधिका र गोकुल दिदीभाइ हुन्। दुवै पुस्तक पूर्वाञ्चल साहित्य प्रतिष्ठानले प्रकाशन गरेको हो। २०६६ सालमा यी दिदीभाइले आआफ्नो पहिलो संग्रह पनि काठमाडौंमा संयुक्त रूपमै लोकार्पण गरेका थिए। 

कवि अधिकारीको ‘गोधूलि घर’मा ५४ वटा कविता रहेका छन् भने गुरागाईंको ‘प्रतिबिम्ब हराएको मान्छे’भित्र ४६ वटा कविता रहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.