|

काठमाडौं : सेभियालाई पराजित गर्दै बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो अपराजित यात्रा कायम राखेको छ। घरेलु मैदान क्याम्प नाउमा गएराति भएको खेलमा बार्सिलोना २-१ ले विजयी। उसको जितमा दुवै गोल पाको एलेसरले गरे। सेभियाका लागि एकमात्र गोल पिजारोले गरे।

जितसँगै ११ खेलबाट ३१ अंक जोडेको बार्सिलोना अंक तालिकाको शीर्ष स्थानमा कायम छ। गएराति नै लेगानेसलाई ३-० ले पराजित गरेको भ्यालेन्सिया २७ अंकसहित दोस्रो स्थानमा छ। एक खेल कम खेलेको रियल मड्रिडले २३ अंक जोडेको छ। रियलले आज राति लस पाल्मससँग खेल्दैछ।

गएराति नै भएका अन्य खेलमा एथ्लेटिको मड्रिडले डिपर्टिभो ला कोरुना र अलाभेजले इस्पानियोलाई १-० पराजित गरेका छन्। रियल बेटिस र गेटाफेले २-२ को बराबरी खेलेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.