|
Photo:cbsdnepal.org

भोजपुर: भोजपुरको पूर्वी श्यामशिला गाविसको स्वास्थ्य चौकीमा कर्मचारी नहुँदा सेवाग्राही मारमा परेका छन् । ६ जनाको दरबन्दी रहेको स्वास्थ्य चौकीमा हाल कार्यालय सहयोगीमात्र हुँदा सेवाग्राही मारमा परेका हुन्। 

कार्यालय प्रमुख मधु सुब्बा, अहेब सोजिना राई र अनमी ममता राई कार्यालयमा  कहिल्यै नआएकाे श्यामशिलाका सामाजिक परिचालक लक्ष्मण कार्कीले बताए ।बाँकी तीनवटा दरबन्दी खाली रहेको जिल्ला स्वास्थ्य कार्यालय भोजपुरले जानकारी दिएको छ । कार्यालयमा कर्मचारी नहुँदा सामान्य बिरामी पनि ४ घन्टाको बाटो धाएर सदरमुकाम भोजपुर आउन बाध्य भएको स्थानिय सङ्गीता तामाङले गुनासो गरिन्। 

यस्तै श्यामशिलाकै दुईजना कर्मचारी भएको पशुसेवा केन्द्रमा पनि कार्यालय नखुल्दा सेवाग्राही मारमा परेका छन् । पशुसेवा केन्द्र प्रमुख कोयम अन्सारी र कार्यालय सहयोगी दिलान राई लामो समय कार्यालय नआउँदा सेवा प्रभावित भएको सामाजिक परिचालक कार्कीले जानकारी दिए।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.