|

उदयपुर : यहाँको कटारी नगरपालिकामा शनिबार राष्ट्रिय खेलकुद कप २०७४ का लागि पूर्वाञ्चलस्तरीय तेक्वान्दो खेलाडी छनोट गरिएको छ। शुक्रबार र शनिबार चलेको छनोट प्रतियोगिताले विभिन्न तौल समूहमा छनोट गरेको हो।

प्रतियोगितामा ४६ केजीतर्पm महिला प्रतिस्पर्धामा इलामका शान्ता खवास, ४९ केजीमा सिरहाका अप्सरा तामाङ, उदयपुरका सन्ध्या कुमारी सिंह, सुनसरीका सुविक्षा राईले प्रथम स्थान हासिल गरी छनोट भएका छन्।

त्यसैगरी, ६२ केजीमा उदयपुरका अनुजा साही र लक्ष्मी दनुवारले पनि प्रथम स्थान हासिल गरी छनोट भएका छन्। त्यस्तै, पुरुषतर्पm ५४ केजीमा अर्जुन दनुवार सुनसरी, ५८ केजीमा उदयपुरका सुरज मगर, ६३ केजीमा मिलन लिम्बू सुनसरी र ६८ केजीमा जीवन तामाङ मोरङ, ७४ केजीमा राजकुमार माझी उदयपुर, ८४ केजीमा प्रवीन आले मगर सिरहा, ८७ केजीमा विपिन कार्की उदयपुर र ८७ केजीभन्दा माथिमा विराजमान कार्की झापा, ६८ केजी तल जीवन तामाङ मोरङले प्रथम स्थान हासिल गरेका छन् ।

त्यस्तै, तेक्वान्दोको पुरुषतर्पm १६ वर्ष मुनिमा सुरेश राई सुनसरी, २० वर्ष मुनिमा सुरेश राई सुनसरी, महिला १६ वर्ष मुनिमा स्वस्तिका तामाङ सुनसरी, २० वर्ष मुनिमा सिना मादेन र सुशीला राई सुनसरीले प्रथम स्थान हासिल गरेका छन् ।

प्रतियोगितामा छनोट भएकाहरुले तेक्वान्दोको आगामी राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्ने नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य टार्जन सुब्बाले बताए। प्रतियोगितामा पूर्वाञ्चलका १६ जिल्लाका तेक्वान्दो खेलाडीले प्रतिस्पर्धा गरेको मूल आयोजक समितिका संयोजक घनश्याम बुर्जा मगरले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.