|

सल्यान : नेपाल कम्युनिस्ट पार्टीले विनाविभागीय मन्त्री टेकबहादुर बस्नेतको घरमा कालो झन्डा गाडेको छ। जिल्लाको बागचौर नगरपालिका–८ स्थित बिउरेखोलामा रहेको मन्त्रीको घरमा विप्लव नेतृत्वको नेकपाले कालो झन्डा गाडेको हो।

प्रशासन लगाएर आफ्ना कार्यकर्तामाथि दमन गर्न लगाएको, पार्टीविरुद्ध झुठो प्रचार गरेको भन्दै मन्त्रीको घरमा कालो झन्डा गाडिएको नेपाल कम्युनिस्ट पार्टी सल्यानका जिल्ला इन्चार्ज डिल्लीराज शर्माले जानकारी दिए। जिल्लामा दलाल संसदीय व्यवस्थाको नेतृत्व गरेका कारण चेतावनीस्वरुप झन्डा गाडिएको शर्माको भनाइ छ।

यस्तै, विप्लव समूहले पूर्व शिक्षा राज्यमन्त्री तथा नेपाली कांग्रेसबाट प्रतिनिधिसभाका उम्मेदवार राजेन्द्र बहादुर शाह, र राप्रपाबाट प्रतिनिधिसभाका उम्मेदवार गणेश भण्डारीको घरमा पनि कालो झन्डा गाडेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.