|

ओखलढुंगा : ओखलढुंगाबाट प्रदेशसभा सदस्यका उम्मेदवार एमाले नेता अम्बिरबाबु गुरुङले चुनाव जितेर आफू सांसद भए कुनै प्रकारको  सरकारी सुविधा नलिने घोषणा गरेका छन्। संयुक्त वाम गठबन्धनका तर्फबाट ओखलढुंगाको क्षेत्र (क) बाट उम्मेदवार बनेका नेता गुरुङले आफू निर्वाचित भए सांसद भएबापत सरकारबाट पाउने सबै सेवा, आफूले विपन्न जनताका हितमा खर्च गर्ने घोषणा गरेका हुन्।

आइतबार पत्रकारहरुसँग कुरा गर्दै उनले आफूले पाउने सबै सुविधा जिल्लाका समस्या समाधानमा नागरिकहरुलाई उपलब्ध गराउने घोषणा गरेका हुन्। जिल्लाको विकास र समृद्धिका लागि काम गर्न  उम्मेदवार बनेको बताउँदै उनले चुनाव जितेर सांसद भएपछि आफूले पाउने सबै सुविधा जिल्लाका गरिब र विपन्न जनताका हितमा खर्च गर्ने बताए।

गुरुङले विगतमा जनताको नाममा आउने सामान्य बजेटमै भ्रष्टाचार हुने गरेको भन्दै गाउँको विकासका लागि भ्रष्टाचार नियन्त्रण गर्ने आफ्नो पहिलो एजेन्डा रहेको जानकारी दिए।  चुनाव जितेमा सांसदका हैसियतले पाउने सबै सुविधा व्यक्तिगत रुपमा नलिने भनेर घोषणा गर्ने गुरुङ ओखलढुंगाका पहिलो उम्मेदवार हुन्।

ओखलढुंगामा ०७० मा संविधानसभा निर्वाचनमा ओखलढुंगाको निर्वाचन क्षेत्र नं  २ बाट निर्वाचित रामहरि खतिवडाले पनि आफूले पाउने सरकारी सेवासुविधा नलिने घोषण गरेका थिए। खतिवडाले आफूले पाएको सरकारी सेवासुविधा जनताका लागि खर्च गर्ने भने पनि आफ्ना कार्यकताहरुलाई मात्रै रकम  दिइएको आरोप खेप्नुपरेको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.