|

काठमाडौं: उन्मुक्त पुस्ताले आयोजना गर्दै आएको नियमित काव्य शृंखला ‘आरनमा कविता’मा शनिबार कविद्वय अभय श्रेष्ठ र सरिता तिवारी प्रस्तुत भए। काठमाडौंको सर्वनाम थिएटरमा आयोजित कार्यक्रममा कविद्वयले १०/१० वटा कविता सुनाएका थिए। 

कवि सरिताले 'दैनिकी', ‘युद्धको सौन्दर्य’, ‘शब्दहरूसित खेलाँची’, ‘पुत्ला’, ‘डेलीमा माछा’, एक छिनलाई’, ‘आदिवासी’, ‘काठमाडौं’, ‘हे देवी’ र ‘अलबिदा भन्नुअघि’ कविता सुनाइन् । 

अभयले ‘गोली र बालक’, ‘अछुतको प्रेमगीत’, ‘हतियार’, ‘जरुरी कुरा’, ‘समानान्तर’, ‘तस्बीरमा दु:ख’, ‘अन्धो गायकको घोषणा’, ‘बादी युवतीको घोषणा’, ‘सन्देह’, ‘भिक्षुणी र रोगी युवक’लगायत रचना प्रस्तुत गरे।

सरिताले आफ्ना कवितामार्फत पर्यावरण, शान्ति र सहअस्तित्वको आवाज उठाएको बताइन् भने अभयले आफ्ना कवितामा वर्गीय र सामाजिक विभेदविरुद्ध आवाज उठाउने प्रयास गरेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.