|

डडेल्धुरा : प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि डडेल्धुरामा उम्मेदवारी दर्ता गराएका १९ जनामध्ये ५ जनाले आइतबार उम्मेदवारी फिर्ता लिएका छन्। उम्मेदवारी मनोनयन दर्ता गरेका राष्ट्रिय प्रजातन्त्र पार्टी, नयाँ शक्ति पार्टी नेपाल र एक स्वतन्त्र उम्मेदवारले नेपाली कांग्रेसलाई समर्थन गर्ने जनाउँदै उम्मेदवारी फिर्ता लिएका हुन्।

प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दिएका ५ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृत डा.रमेशप्रसाद रिजालले जानकारी दिए।

प्रदेशसभाको निर्वाचन क्षेत्र ‘क’ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका हरिसिंह साउँद, नयाँ शक्ति पार्टी नेपालका बिष्णु ठकराठीले उम्मेदवारी फिर्ता लिएका छन्।

यस्तै, प्रदेशसभाको निर्वाचन क्षेत्र ‘ख’ बाट उम्मेदवारी दिएका राष्ट्रिय प्रजातन्त्र पार्टीका कालीप्रसाद जोशी, नयाँ शक्ति पार्टी नेपालका लक्ष्मीकान्त पनेरु र स्वतन्त्र उम्मेदवारी दिएका नरबहादुर पालले पनि उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृत रिजालले जानकारी दिए।

राष्ट्रिय प्रजातन्त्र पार्टी, नयाँ शक्ति पार्टी नेपाल र एक स्वतन्त्र उमेदवारले एक संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै  प्रदेश र प्रतिनिधिसभा निर्वाचनामा लोकतान्त्रिक गठबन्धनलाई सघाउने जनाएका छन्।

प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दिएका कुनै पनि उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका छैनन्। प्रतिनिधिसभाका लागि डडेल्धुराबाट प्रधानमन्त्री शेरबहादुर देउवासहित ६ जनाले उम्मेदवारी दिएका छन्।

प्रनिनिधिसभाको चुनावी मैदानमा को को?

१.शेरबहादुर देउवा (नेपाली कांग्रेस)

२.खगराज भट्ट (एमाले र माओवादी केन्द्रको वाम गठबन्धन)

३.लालबहादुर जाग्री (राष्ट्रिय जनमोर्चा)

४. रमेश टमटा ( नेपाल दलित)

५ लक्ष्मीदत्त भट्ट (राष्ट्रिय मुक्ति आन्दोलन नेपाल)

६. कर्णसिंह रावल (स्वतन्त्र)

 

प्रदेशसभा १ मा को को भिड्दै छन्?

१.रघुवर भट्ट (नेपाली कांग्रेस)

२.पठनसिंह बोहरा (एमाले र माओवादी केन्द्रको वाम गठबन्धन)

३.चन्द्रसिंह बोहरा (राष्ट्रिय जनमोर्चा)

४. लालबहादुर दमाई (राष्ट्रिय यथार्थवादी पार्टी नेपाल)

प्रदेशसभा २ मा को को छन् उम्मेदवार?

१. कर्णबहादुर मल्ल (नेपाली कांग्रेस)

२. डा. ताराप्रसाद जोशी  (एमाले र माओवादी केन्द्रको वाम गठबन्धन)

३.पदमबहादुर ओली (राष्ट्रिय जनमोर्चा)

४. रामबहादुर टमाटा (नेपाल दलित पार्टी)

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.