|
Photo : Goal.com

काठमाडौं : लिग लिडर म्यान्चेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा ८ अंकको अग्रता कायम गरेको छ। घरेलु मैदानमा गएराति भएको खेलमा बलियो प्रतिद्वन्द्वी आर्सनललाई ३-१ ले पराजित गर्दै सिटीले दोस्रो स्थानको म्यान्चेस्टर युनाइटेडभन्दा ८ अंक बढी जोडेको हो। युनाइटेड भने चेल्सीसँग पराजित भयो।

सिटीको जितमा केभिन डिब्रुएने, सर्जियो एग्युरो र ग्याब्रियल जेससले १-१ गोल गरे। आर्सनलका लागि एलेक्सान्द्रे लेकाजाटले सान्त्वना गोल फर्काए। लिगमा जारी सिजन अपराजित रहेको सिटीले ११ खेलमा ३१ अंक जोडेको छ।

यस्तै गएराति नै भएको अर्को खेलमा दोस्रो स्थानको म्यान्चेस्टर युनाइटेड चेल्सीसँग १-० ले पराजित भयो। चेल्सीको जितमा अल्भारो मोराटाले निर्णायक गोल गरे।

जितसँगै २२ अंक जोडेको चेल्सी अंक तालिकाको चौंथो स्थानमा उक्लिएको छ। त्यसभन्दा १ अंक बढी जोडेको युनाइटेड गोल अन्तरमा टोटनह्याम हट्सपरभन्दा अघि रहँदै दोस्रो स्थानमा छ। त्यसअघि आइतबार नै भएको खेलमा टोटनह्यामले क्रिस्टल प्यालेसलाई १-० ले पराजित गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.