|

सिन्धुली : सन्धुलीमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। फिक्कल गाउँपालिका वडा नम्बर ५ पर्तिबेसीमा गएराति भएको सो दुर्घटनामा अन्य ७ जना घाइते भएका छन्।

मृत्यु हुनेमा फिक्कलका ४० वर्षीय अमरबहादुर दर्लामी, ४० वर्षकै रामप्रसाद बराल, ५९ वर्षीय दीपबहादुर मगर र ६० वर्षीय  नरबहादुर बलम्पाकी रहेको सिन्धुलीका प्रहरी प्रवक्ता डिएसपी विनोद शर्माले जानकारी दिए।

घाइते ७ जनालाई उपचारका लागि राति नै ललितपुरमा रहेको बिएण्डबी अस्पताल पठाइएको डिएसपी शर्माले बताए। भूकम्पको राहात रकम बुझेर फर्किएकाहरु चडेको बा७च ३६९५ नम्बरको जिप उकालो चढ्न नसकेपछि ब्याक गर्ने क्रममा दुर्घटना भएको हो।

दुर्घटनामा सामन्य घाइते भएका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.