मुस्ताङको विकासमा सघाउन भारत इच्छुक छ : पुरी

|

पर्वत : नेपालका लागि भारतीय राजदूत मञ्जिव सिङ पुरीले भारत मुस्ताङको विकासमा सघाउन इच्छुक रहेको बताएका छन्। मुस्ताङ सदरमुकाम जोमसोमस्थित कालीगण्डकी नदीमाथि निर्माण भएको मोटरेबल पुलको उद्घाटनका क्रममा उनले भारतले नेपालका विभिन्न विषयमा सघाउँदै आएको र अब पनि सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।

मुस्ताङमा रहेको मुक्तिनाथ मन्दिर विश्वमै प्रसिद्ध रहेको भन्दै यसलाई थप विकास गरी धार्मिक पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास गर्नुपर्ने पनि राजदूत पुरीको भनाइ छ। ४६ मिटर लम्बाइ र ७ दशमलव ४ मिटर चौडाइ भएको उक्त पुल भारतीय राजदूतावासको ४ करोड १२ लाख रुपैयाँको सहयोगमा जिल्ला प्राविधिक कार्यालयमार्फत निर्माण गरिएको हो।

०६८ साल चैत १३ गतेदेखि निर्माण सुरु भएको मोटरेबल पुलको निर्माण कार्य गएको वैशाखमा सकिएको थियो। पुल बनेपछि स्थानीयवासीका साथै मुक्तिनाथ तीर्थयात्रा र उपल्लो मुस्ताङ भ्रमणमा जाने पर्यटकहरुलाई सहज भएको छ। मुस्ताङमा भारतीय दूतावासको सहयोगमा विद्यालय भवन, गुम्बा, धर्मशाला, पुल लगायतका भौतिक संरचनाहरु निर्माण गरिएका छन्।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.