|

इलाम : नेकपा एमाले वरिष्ठ नेता एवं वाम गठबन्धनका तर्फबाट इलाम क्षेत्र-१ का उम्मेदवार झलनाथ खनालले देश र राष्ट्रिय हितको लागि वाम गठबन्धन अपरिहार्य भएको बताएका छन्। उनले मुलुक समृद्धिका लागि वाम गठबन्धनको विकल्प नभएको समेत बताए।

आइतबार माई नगरपालिकामा आयोजित नगरस्तरीय संयुक्त वाम भेलामा खनालले राष्ट्रिय हितका मुख्य ५ वटा एजेन्डाका लागि वाम गठबन्धन गरिएको बताए।

उनले भने, ‘भारतले सीमा मिचेको अवस्थामा सीमा रक्षाका लागि, लोकतन्त्र जोगाउने एक मात्र शक्ति वामपन्थीहरु भएकाले, आर्थिक रुपान्तरणका लागि, नेपाली संस्कृति जोगाउनका लागि र अन्तर्राष्ट्रियले हेर्ने समानताका लागि वाम गठबन्धनको विकल्प थिएन।’

वाम गठबन्धनको उद्देश्य सर्वोपरी समाजवादको अन्तिम लक्ष्यमा पुग्नका लागि भएकाले वाम शक्तिहरुले अब नेपाललाई समृद्धिको शिखरमा पु¥याउनेमा विश्वस्त रहेको खनालले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.