|

महोत्तरी : महोत्तरीको क्षेत्र नं १ मा प्रनिनिधिसभा सदस्यका लागि श्रीमान्-श्रीमती चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। आगामी मंसिर २१ गते हुन लागेको दोस्रो चरणको चुनावका लागि फोरम-राजपा गठबन्धनका तर्फबाट पति लक्ष्मी महतो तथा स्वतन्त्रबाट पत्नी रामकुमारीदेवी कोइरी चुनावी मैदानमा उत्रिएका हुन्। 

लक्ष्मी तत्कालीन निगौल गाविसका पूर्वअध्यक्ष हुन्। उनकी श्रीमती रामकुमारी २०७० सालमा सम्पन्न संविधान सभाको दोस्रो निर्वाचनमा पनि उम्मेदवार थिइन्। त्यतिबेला दोस्रो स्थानमा रहेकी रामकुमारी हालै भएको स्थानीय तह निर्वाचनमा गौशाला नगरपालिका प्रमुखमा पराजित भएकी थिइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.