|
Photo : Cp khanal

रुपन्देही: उडानमा लापरवाही गरेको आरोपमा बर्खास्तीमा परेका विमानचालकले विमान उडाउँदा नेपाल एयरलायन्सको विमान दुर्घटनामा परेको छ। मुख्य चालक वरिष्ठ क्याप्टेन निपेन्द्र भट्टराईले चलाएको ९ एकेएस विमान भैरहवा स्थित गौतमबुद्ध विमानस्थलमा नेपाल एयरलायन्सको बिमान ठूलो दुर्घटनाबाट जोगिएको हो।

सोमबार दिउँसो अवतरण गर्ने क्रममा पछिल्लो टायर पन्चर भएपछि विमान दुर्घटनामा परेको हो। तर, कुनै क्षति भएको छैन। नेपाल एयरलायन्सको ९ ए के एस विमानमा दुई जना चालक मात्रै रहेका थिए। टायर पन्चर भए पनि जहाज रनवेभन्दा बाहिर नपुगेको विमानस्थलले जनाएको छ। ‘थोरै रनवे छाडेको छ, अरु कुनै ठूलो क्षति भएको छैन, गौतबुद्ध विमानस्थलका प्रमुख सिसेल चित्रकारले भने।

बर्खास्त गरेपछि असन्तुष्ट भट्टराईले सर्वोच्च अदालतमा काम गर्न पाउनुपर्ने भन्दै रिट दायर गरेका थिए। अदालतले उनको पक्षमा सुनुवाई गर्दै पुनःबहाली गरी काममा लगाउनु भन्ने आदेश दिएको थियो। उनै भट्टराईले विमान ल्याण्डिङ गर्नेक्रममा दुर्घटना भएपछि सार्वजनिक नगरी घटना लुकाउन खोजिएको छ।

दुर्घटना भएको विमान नहटाउन्जेल विमानस्थल बन्द गरिएको छ। भैरहवा विमानस्थलमा यसअघि यति एयरलाइन्सको बिमान टायर नखुलेका कारण दुर्घटनामा परेको थियो। विमानस्थल अवरुद्ध भएपछि उडान भर्ने तयारीमा रहेका यात्रुहरु विमानस्थलमै रोकिएका छन्। भैरहवाबाट दैनिक ६ दखि ११ वटासम्म उडान हुने गरेका छन्।

नेपाल एयरलाइन्सका एक वरिष्ठ पाइलटका अनुसार भैरहवा विमानस्थलमा सोमबारको घटना सामान्य मात्र हो। उनका अनुसार यो एक्सिडेन्ट (दुर्घटना) नभइ इन्सिडेन्ट (सामान्य घटनामात्र) हो। उक्त विमान नृपेन्द्र भट्टराईले उडाएका पनि होइनन्। उनी यात्रुको सिटमा बसेका थिए। 'पाइलट आङनुरी शेर्पाले कोपाइलट सिर्जना राउतलाई तालिम गराउने क्रममा सामान्य इन्सिडेन्ट मात्र भएको हो' नाम उल्लेख गर्न नचाहेका ती वरिष्ठ पाइलटले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.