|

गुल्मी : मुसिकोट नगरपालिका ५ मा डोजरले पल्टाएको ढुंगाले लागेर एक व्यक्तिको मृत्यु भएको छ। स्थानीय ४५ वर्षीय मुमिश्वर अर्यालको मृत्यु भएको वडाध्यक्ष भागीरथ खरेलले जानकारी दिए। बा २ क ४४७८ नम्बरको डोजरले पल्टाएको ढुंगाले लाग्दा अर्यालको मृत्यु प्रहरीले जनाएको छ।

बिहान १० बजे विद्यालयमा पानी ल्याउनको लागि पानी जोड्न इन्द्रगौडा बजार भन्दा माथि खोल्सामा रहेको मुहानमा पुगेका अर्याललाई माथिबाट खसेको ढुंगाले लागेको थियो। मृतक अर्यालले राम्रोसँग कान पनि सुन्न नसक्ने तथा बोल्न नसक्ने थिए। उनी नेपाल राष्ट्रिय सर्वोदय माविमा कार्यालय सहयोगीको रुपमा काम गर्दै आएका थिए। उनका २ छोरा, एक छोरी, पत्नी र आमा छन्।

सिद्धेश्वर गुफामा मोटरबाटो पुर्‍याउने लक्ष्यका सडक खन्दै गरेको डोजरले ढुंगा पल्टाएको हो। वडाध्यक्ष खरेलले जानकारी दिए। मृतकको परिवारलाई मुसिकोट नगरपालिकाले राहत प्रदान गर्ने भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.