|

हेलिकोप्टर दुर्घटनामा परेर साउदी अरबका राजकुमार मंसूर बिन मुकरिनको मृत्यु भएको छ।

उक्त दुर्घटना छिमेकी देश यमनको सीमानामा भएको र सरकारी उच्च अधिकारीको पनि मृत्यु भएको जनाइएको छ।

साउदी अरबका पूर्व युवराज मंसूर बिन मुकरिन असीर प्रान्तका डेपुटी गभर्नर समेत हुन्। हेलिकोप्टर के कारणले दुर्घटना भएको हो भन्ने तथ्य बाहिर नआइसकेको बताइएको छ।

आइतबार मात्र साउदी अरबका सबै राजकुमार, मन्त्री र उद्योगीको सम्पती र बैंक खाता बन्द गर्ने निर्णय भएको थियो। साथै राजकुमार, मन्त्री सहित उच्च सरकारी अधिकारीलाई गिरफ्तार गरिएको थियो।

साउदी अरबका युवराज मोहम्मद बिन सलमानको अध्यक्षतामा साउदी अरबमा भ्रष्टाचार छानबिन आयोग बनाइएको छ।

हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका राजकुमार मंसूर बिन मुकरिनका बुबालाई उनका सौतेनी भाइ राजा सलमानले सन् २०१५ मा राजगद्दी सम्हालेको केही महिनामा नै हटाएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.