वेस्टइंडिज स्टार क्रिस गेलले जारी आइपिएलमा पहिलो शतक प्रहार गरेपछि किंग्स इलेभन पञ्जावले जारी आईपिएलमा चौंथो खेलबाट तेस्रो जित निकालेको छ। ...

काठमाडौं : पचासौं राष्ट्रिय कराते प्रतियोगिता कात्तिक २२ गतेदेखि राजधानीमा शुरु हुने भएको छ।
नेपाल कराते महासंघको आयोजनामा शुरु हुने उक्त प्रतियोगिताका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको महासंघद्वारा सोमबार आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो।
यसअघि कात्तिक २३ गतेदेखि आयोजना गर्ने भनिएको उक्त प्रतियोगिता प्राविधिक कारणले एक दिन अगाडि सारिएको सो प्रतियोगिताका संयोजक दीपक श्रेष्ठले जानकारी दिए।
प्रतियोगितामा पाँच विकास क्षेत्र, नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल (एपिएफ) गरी सात टोलीका १८४ खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।
तीन दिनसम्म चल्ने उक्त प्रतियोगितामा महिला र पुरुष तौल समूह तथा एकल टिम कातामा प्रतिस्पर्धा हुनेछ। उक्त प्रतियोगिताबाट उत्कृष्ट २३ खेलाडी राष्ट्रिय टोलीका लागि छनोट गरिने आयोजकको भनाइ छ। प्रतियोगिताको खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।