काठमाडौं: ‘काली खोला’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। सार्वजनिक गीतमा गायक कौशलराज खड्काको स्वर, चन्द्रलाल तामाङको शब्द र मनोज चौलागाईंको संगीत सुन्न सकिन्छ।
यस गीतको भिडियोलाई रोमान्टिक शैलीमा तयार पारिएको छ, जहाँ रचिता र गायक खड्का फिचरिङ छन्। काठमाडौं आसपासका स्थानमा छायांकन गरिएको म्युजिक भिडियोलाई सुदीप बरालले निर्देशन गरेका हुन्।
भिडियोमा नवराज उप्रेतीको छायांकन र टेकेन्द्र शाहको सम्पादन रहेको छ। भिडियोलाई 'एसपी पिक्चर'ले बजार व्यवस्थापन गरेको छ।
हेर्नुहोस् भिडियो:
तपाईंको ईमेल गोप्य राखिनेछ ।