|

गुल्मी: सोमबार बिहान मुसिकोट- ५ मा डोजरले पल्टाएको ढुंगाले लागी एक जनाको मृत्यु भएको घट्ना भएकै दिन मुसिकोट- १ जुकेपानी भन्ने स्थानमा फेरि ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

दिउँसो १२ बजे लु३त ८५४३ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा घाइते भएका दाङ ललमटिया बस्ने २५ वर्षका ऋषिराम चौधरीको उपचार गर्न पाल्पा लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ।

लोड बोकर पौदीअमराईतर्फ जाँदै गरेको उक्त ट्र्याक्टर जमिन भासिएको कारण करिब २० मिटर तल खस्दा सो घट्ना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ।

ट्र्याक्टरमा दुई जना सवार रहेका थिए भने चालक मात्र घाइते भएका थिए। उपचारका लागि पाल्पा लैजाने क्रममा चौधरीको मृत्यु भएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.