|

नुवाकोट : तादी गाउँपालिका–४ सुन्दरादेवीको बाह्रबिसेमा गएराति एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। समुन्द्रटारबाट काठमाडौं जान लागेको कान्तिपुर डेण्टल जनरल हस्पिटल, नयाँबजार, काठमाडौंले सञ्चालन गरेको बा १६ च ८९७ नंं को एम्बुलेन्स दुर्घटना हुँदा मकवानपुर मनहरीका २४ वर्षीय सन्दीप भारतीको  मृत्यु भएको हो। 

एम्बुलेन्स सडकबाट करिब ५० मिटर तल पुगेको जिप्रका नुवाकोटका प्रहरी नायब उपरीक्षक मधुकरजंग विष्टले जानकारी दिए। एम्बुलेन्स दुर्घटनालगत्तै उद्धारका लागि स्थानीयवासी र प्रहरी घटनास्थलमा पुगे पनि एम्बुलेन्सका अन्य व्यक्ति सम्पर्कविहीन भएका छन्। एम्बुलेन्समा समुन्द्रटारबाट तीनजना चढेर काठमाडौँ जान लागेको भए पनि दुर्घटनापछि दुईजना सम्पर्कमा नआएको प्रहरीले जनाएको छ। 

काठमाडौंमा सञ्चालनमा रहेको एम्बुलेन्स नुवाकोटको समुन्द्रटारमा कुन उद्देश्यले आएको भन्ने खुल्न बाँकी छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.