|

काठमाडौं : सलमान खानको मुख्य भुमिका रहेको फिल्म 'टाइगर जिन्दा हे'को ट्रेलर सार्वजनिक भएको छ। वर्षकै सर्वाधिक प्रतिक्षित फिल्मको रुपमा हेरिएको उक्त फिल्मको ट्रेलर मंगलबार सार्वजनिक गरिएको हो। तीन मिनेट १४ सेकेन्ड लामो ट्रेलरमा एक्सन दृयहरुलाई बढी देख्न सकिन्छ। ट्रेलरमा सलमानको एक्सनसँगै फिल्मकी मुख्य नायिका कट्रिना कैफको पनि खतरनाक स्टन्ट देख्न सकिन्छ।

फिल्म इराकमा भएको भारतीय नर्स अपहरणको सत्य घटनामा आधारित छ। फिल्ममा बन्धक बनेकाहरुलाई रिहाई गरी देश फर्काउन सलमान लागेका हुन्छन्। उनलाई साथ पाकिस्तानी जासुसको भुमिकामा प्रस्तुत भएकी कट्रिनाले साथ दिन्छिन्। 'यशराज फिल्मस्'को व्यानरमा निर्माण भएको फिल्मलाई अलि अब्बास जफरले निर्देशन गरेका छन्। 'एक था टाइगर'को सिक्वेलका रुपमा निर्माण भएको फिल्म 'टाइगर जिन्दा हे' डिसेम्बर २२ बाट प्रदर्शनमा आउँदै छ।

हेर्नुहोस् ट्रेलर :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.