|

दाङ : तुलसीपुर उपमहानगरपालिका- ११ उरहरीमा १ कात्तिकदेखि चिस्यान केन्द्र अर्थात् शीतभण्डार सञ्चालनमा आएको छ। उरहरीगाँउमा शीतभण्डार सञ्चालनमा ल्याएदेखि साना तथा व्यवसायिक खेती गर्ने सबैका लागि उपयोगी बनेको छ।

रिजम संस्थाको ५८ लाख र संस्थाको ३५ लाखको लागतमा बनाइएको हो। झन्डै १ हजार क्विन्टल आलु तथा कृषि उपज राख्न सक्ने क्षमता छ। हाल तुलसीपुर बजारका फलफूल व्यवसायीले स्याउ लगायतका फलफूल राखेका साना किसान सहकारी संस्था उरहरीका प्रबन्धक चिरञ्जीवी केसीले जानकारी दिए।

फलफूल प्रतिकेजी साढे २ रुपैयाँ र आलु प्रतिकेजी ४ रुपैयाँ लाग्ने तथा ६ महिनासम्म चिस्यानमा राख्न सकिने केसीले बताए। दाङमा चिस्यान केन्द्र हुन नसक्दा यहाँका किसान कोहलपुरस्थित चिस्यान केन्द्र र भैरहवामा राख्न बाध्य थिए।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.