|

दाङ : इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक (डिएसपी) सुधिरराज शाहीले गुण्डा भन्नेबित्तिकै आफूलाई रिस उठिहाल्ने बताएका छन्। सोमबार इलाका प्रहरी कार्यालय तुलसीपुर आएका प्रनाउ शाहीले मंगलबार तुलसीपुरमा परिचयात्मक कार्यक्रमको आयोजना गरेर कसैको करकाप र प्रभावमा नपर्ने बताएका हुन्।

निर्वाचनको समयमा चन्दा, गुण्डा र भट्टीको बढी प्रयोग गरिने भएकाले यसलाई नियन्त्रण गर्ने बताए। उनले भने, ‘जोसुकै किन नहोस् गुण्डा भन्नेबित्तिकै मलाई रिस उठिहाल्छ, शान्ति सुरक्षाका लागि कुनै कसर बाँकी नराखेर काम गर्छु तपार्इंहरु ढुक्क हुनुहोस्।’

काम गर्दा केही कमी कमजोरी हुने भएकाले उचित समयमा सुझाव दिन उनले आग्रह गरे। वस्तुस्थितिबारे आन्तरिक रुपमा बुझिरहेको भन्दै उनले आसन्न निर्वाचनलाई शान्तिपूर्ण तवरले सम्पन्न गर्न सबैको सहयोगको आवश्यक रहेको बताए।

कार्यक्रमा तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष बिरु रावत, पूर्वअध्यक्ष विमल रिजाल, महिला मानवअधिकार कर्मी सुष्मा गिरी, रासस अञ्चल प्रमुख नारायणी रजौरे लगायतले तुलसीपुर क्षेत्र सुरक्षाको दृष्टिकोणले बढी संवेदनशील भएकाले सुरक्षा अवस्थालाई प्रभावकारी बनाउन सुझाव दिएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.