काठमाडौं: हलिउडको ‘डक्टर स्ट्रेञ्ज’ तथा अक्षयकुमार स्टार र एक वलिउड फिल्ममा अभिनय गरिसकेकी शिल्पा मास्के नेपाली फिल्म प्रवेशको तयारीमा छन्। केही समय पहिला 'रोहित अधिकारी फिल्मस्'को व्यानरमा निर्माण हुने फिल्म ‘ब्रेकअप’बाट नेपाली रजतपटमा डेब्यू गर्ने कुरा भए पनि ‘ब्रेकअप’ छायांकनमा जाने चाँजोपाँजो अझै नमिलेकाले ‘ब्रेकअप’लाई थाती राखेर शिल्पाले दोस्रो प्रोजेक्ट रोजेकी छन्।
अपिल विष्टको निर्देशनमा बन्न लागको फिल्म ‘कागजपत्र’मा शिल्पा मुख्य भूमिकामा छन्। मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्म 'कागजपत्र'को औपचारिक निर्माण घोषणा गरिएको हो।
यस फिल्ममा शिल्पासँगै अभिनेता नाजिर हुसैन, भोलाराज सापकोटा, सरिता गिरी, लक्ष्मी वर्देवालगायतको अभिनय रहनेछ। 'वर्ल्डवाइड फिल्म डिष्ट्रिव्युसन कम्पनी' तथा 'औष फिल्मस्'को ब्यानरमा बन्ने यो फिल्म यही नोभेम्बर ९ तारिखबाट छायांकनमा जानेछ।
फिल्ममा खिलेन्द्र तिमल्सिना, मुकेश रेग्मी र प्रजापति शिवाकोटीलगायतको लगानी रहनेछ भने यसका कार्यकारी निर्माता विशारद बस्नेत हुन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।