|

काठमाडौं : वनमन्त्री विक्रम पाण्डेले राष्ट्रपति चुरे-तराई मधेस संरक्षण विकास समिति गठन आदेश परिमार्जन गर्न लगाएर समितिमा दुईजना आफूनिकट व्यक्तिलाई सदस्य थप्न दबाब दिइरहेका छन्। वन मन्त्रालय स्रोतका अनुसार मन्त्री पाण्डेको निर्देशनमा प्रशासन महाशाखा प्रमुख ज्ञानेन्द्र पौडेलले समिति बोर्डमा दुईजना थप्न मिल्ने गरी गठन आदेश परिमार्जनका लागि टिप्पणी उठाएका छन्।

चुरेको वार्षिक बजेटमा हालिमुहाली गर्न पाइने उद्देश्यले मन्त्री पाण्डेलाई वनका पूर्वपदाधिकारीले उक्साइरहेको स्रोतले बतायो। 'मन्त्रीको निर्देशनमा गठन आदेश नै परिमार्जन गर्ने गरी तयारी भइरहेको छ। प्रशासनले टिप्पणी उठाइरहेको छ,' स्रोतले भन्यो।

स्रोतका अनुसार वन मन्त्रालयबाट एक वर्षअघि अवकाश पाएका सहसचिव बाबुराम भण्डारीले आफूलाई सदस्य बनाउन मन्त्रीलाई दबाब दिइरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.