|

लहान : सिरहाको धनगढीमाई नगरपालिका– ८ मुसहर्नियाका एक व्यक्ति भरुवा बन्दुकसहित पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले मंगलबार अपराह्न धनगढीमाई नगरपालिका– १० का ५८ वर्षीय जगबहादुर तामाङलाई पक्राउ गरेको हो। उनको साथबाट दुई थान भरुवा बन्दुक बरामद भएको प्रहरीले जनाएको छ।

प्रहरी टोलीलाई देखेपछि ३/४ जना भागेपछि प्रहरीले खोजतलास गरेको थियो। त्यसक्रममा खोजतलास गर्दा एक थान लोड गरेको र अर्को खाली बन्दुकसहित तामाङलाई पक्राउ गरिएको हो। उनलाई हातहतियार तथा खरखजना ऐनअन्तर्गत अनुसन्धान गरी घटनामा संलग्न फरार व्यक्तिहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ।

हतियार बुझाउन अनुरोध

आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभधा निर्वाचन सुरक्षार्थ प्रहरीले आम नागरिकलाई लाइसेन्सप्राप्त हतियारसमेत बुझाउन विशेष अनुरोध गरेको छ। निर्वाचन सुरक्षमा लाइसेन्सप्राप्त हतियारसमेत सुरक्षा चुनौतीको रुपमा रहने र आपराधिक कार्यमा प्रयोग हुनसक्ने सम्भावना हुने भएकाले लाइसेन्स लिएका हतियारसमेत बुझाउन अनुरोध गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

वैध–अवैध सबै खालका हतियार नियन्त्रणका लागि अभियान संचालन गरिरहेको सिरहाका प्रहरी उपरीक्षक शेखर कोइरालाले जानकारी दिए। साना तथा घरेलु हतियारसमेत आपराधिक प्रवृतिका व्यक्तिहरुले भित्र्याउन सक्ने सम्भावनालाई मध्यनजर गर्दै भारतसँगको सीमा नाका र अन्य शङ्कास्पद स्थानहरुमा चेकजाँच तथा निगरानी बढाएको उनको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.