|

बाँके : नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले वाम गठबन्धनपछि जनतामा देखिएको उत्साहले वाम पार्टीबीच एकीकरण गर्न दबाब सिर्जना गरेको बताएका छन्। उनले वाम गठबन्धनले किसान, विद्यार्थी, युवा, बुद्धिजीवी, उद्योगी, व्यवसायी सबै क्षेत्रमा एक किसिमको नयाँ सञ्चार गरेको बताए।

एमाले र माओवादीले आयोजना गरेको संयुक्त भेलालाई सम्बोधन गर्दै उनले वाम गठबन्धनबाट जनताका दुस्मन अत्तालिएको बताए। वाम एकताबाट जनता र जनताका लागि काम गर्नेहरु खुसी छन्, तर देशलाई सधैँ अस्थिर र तहसनहस भएको हेर्न चाहनेहरु बेखुसी छन्,’ उनले भने।

उनले नेपाललाई अस्थिर बनाएर आफ्नो दुनो सोझ्याउने देशहरु वाम एकताबाट अत्तालिएको बताए। उनले निर्वाचनपछि वामपन्थी दलको सरकार बन्ने र यसले मुलुकमा अस्थिरता र अराजकता अन्त्य हुने दाबी गरे।

उनले विदेशी शक्तिले वाम गठनबन्धनलाई फुटाउन प्रयास गरे पनि आफूहरुले सम्भव हुन नदिएको बताए। ‘वाम गठबन्धनले जनता उत्साहित भएका छन्, अब जनताको चाहनालाई कसैले चाहेर पनि रोक्न सक्कैन,’ महराले भने।

उनले वाम गठबन्धनका उम्मेदवारलाई जिताउन तन, मन, धनसहित एक ढिक्का भएर चुनावी मैदानमा खटिन निर्देशन दिए। संयुक्त निर्वाचन परिचालन कमिटीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमाले र माओवादी केन्द्रका कार्यकर्तालाई जितका लागि सबै संयन्त्र परिचालन गर्नसमेत निर्देशन दिए।

उनले पार्टी भित्रको मतभेदलाई थाती राखेर निर्वाचन होमिन सुझाव दिए। निर्वाचनपछि पछुताउनुभन्दा पहिले नै सजग हुन सुझाव दिँदै उनले वाम गठबन्धनले अहिले नजिते देशमा अराजकताले प्रश्रय पाउने धारणा व्यक्त गरे। ‘निर्वाचन जित्नलाई सबै उपाय अवलम्बन गर्नुस्, अहिले नजिते कहिल्यै जितिँदैन, पछि पछुताउनुभन्दा अहिले नै सावधानी अपनाउनु बेस हुन्छ,’ महराले भने।

उनले वाम एकताका लागि पहिलेदेखि नै प्रयास भए पनि बल्ल सार्थकता पाएको बताउँदै माओवादी भूमिगत हुँदादेखि नै नेताहरुबीच एक चरणको सहमति भएको खुलासा गरे।

वाम गठबन्धन कुनै निश्चित ब्यक्ति र स्वार्थका लागि नभएको समेत स्पष्ट पारे। ‘अहिलेको गठबन्धन सिंगो देश विकास र हितका लागि हो, यो गठबन्धन चानचुने लक्ष्य बोकेर भएको होइन,’ महराले भने। भेलामा वाम गठबन्धनका ९ जना उम्मेदवारले चुनावी प्रतिबद्धता व्यक्त गरेका थिए। सो अवसरमा उम्मेदवारको परिचय समेत गराइएको थियो। 

यादवको संयोजकत्वमा निर्वाचन परिचालन समिति

वाम गठबन्धनको संयुक्त भेलाले संयुक्त निर्वाचन परिचालन कमिटी गठन गरेको छ। नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराको प्रमुख आतिथ्यतामा भएको भेलाले एमालेका वैकल्पिक केन्द्रीय सदस्य एवं दिनेशचन्द्र यादवको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी गठन गरेको हो।

यादवको संयोजकत्वमा निर्माण भएको जिल्ला स्तरिय मुल निर्वाचन परिचालन समितिको सह–संयोजकमा नेकपा माआवादी केन्द्रका नेता प्रकाश सुवेदी र मोहम्मद हारुनलाई सचिवको जिम्मेवारी तोकिएको छ।

परिचालन समितिको सचिवालयमा मोहम्मद हारुन, देवराज भार, दल बहादुर सुनार, डम्बर बहादुर विक, अक्कल बहादुर बम, नरेन्द्र पाण्डे, गिरिजाप्रसाद पाठक, जगदिश बहादुर सिंह सदस्य रहेका छन्।

प्रतिनिधिसभा निर्वाचन र प्रदेशसभा निर्वाचन समितिको सचिवालयसमेत गठन गरिएको छ। प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ मा देवराज भार संयोजक र नरेन्द्र न्यौपानेलाईसह–संयोजक तोकिएको छ।  क्षेत्र नं. १ को प्रदेशसभा १ मा च्याम बहादुर घर्ती संयोजक र तुलसी चौधरी सह–संयोजक तथा क्षेत्र नं. १ को प्रदेश सभा २ को संयोजकमा अब्दुल हुसैन खाँ र सह–संयोजकमा तुलराज विष्ट रहेको निर्वाचन परिचालन समिति गठन गरिएको छ।

प्रतिनिधि सभा क्षेत्र नं. २ को संयोजकमा दामोदर आचार्य संयोजक तोकिएका छन्। भने, निरक गुरुङलाई सह–संयोजकको जिम्मेवारी  तोकिएको छ। क्षेत्र नं. २ को प्रदेश सभा १ को संयोजकमा अञ्जना चौधरी र सह–संयोजकमा कप्तान पाठक तथा प्रदेशसभा २ मा रविन्द्र लम्साल संयोजक र आदेश अग्रवाल सह–संयोजक तोकिएका छन्।

प्रतिनिधिसभा क्षेत्र नं. ३ को संयोजकमा दलबहादुर सुनार र सह–संयोजकमा शालिकराम खड्कालाई जिम्मेवारी दिइएको छ। क्षेत्र नं. ३ को प्रदेश सभा १ मा गुमानसिंह दमाई संयोजक र देवबहादुर रावत सह–संयोजक भएका छन्। निर्वाचन क्षेत्र नं. ३ को प्रदेश सभा २ को संयोजकमा पदम धिताल र सह–संयोजकमा रक्षाराम बर्मा तोकिएका छन्।

त्यस्तै, भेलाले मोहम्मद हारुनको संयोजकत्वमा प्रचार प्रसार तथा प्रकाशन उप–समिति गठन भएको छ। समितिमा डिल्ली बिसी, हेमन्त विक, डक्ट धिताल, सिराज खान लगायत रहेका छन्।

भेलाले किस्मत कुमार कक्षपतिको संयोजकत्वमा आर्थिक उपसमिति गठन गरेको छ। आर्थिक उपसमितिा कृष्ण प्रसाद श्रेष्ठ, नम प्रसाद शर्मा, कपिल अधिकारी, अशोक कर्माचार्य, जीतबहादुर खत्री, टंक धामी, लेखनाथ सापकोटा, विष्णु खनाल, ललित  कुमार रौनियार र मुगबहादुर शाह रहेका छन्।

अनुगमन तथा मुल्याङ्कन उपसमितिमा संयोजक ओम प्रकाश केसी, अत्तहर हुसैन फारुकी र दिपेन्द्र शाह रहेका छन्। प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ को सचिवालयको संयोजक देवराज भार, संह–संयोजक नरेन्द्र न्यौपाने र सदस्यमा हरिभक्त अधिकारी, गोपाल गिरी, रामकृष्ण विक, प्रेम भुसाल, सूर्य ढकाल, अम्मर खड्का, सब्बिर खाँ, अशोक पोख्रेल, सामना विष्ट (रेणुका) रहेका छन्।

प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ को सचिवालयमा दामोदर आचार्य संयोजक, निरक गुरुङ सह–संयोजक तथा सदस्यहरुमा नविन शर्मा, डिल्ली वराल, अक्रम अन्सारी, सत्यनारायण वर्मा, भाष्कर काफ्ले, शकिल अहमद जसगढ, प्रमोद धिताल, शम्सुद्धिन सिद्धिकी र बेचनलाल गुप्ता रहेका छन्।

प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. ३ मा दल बहादुर सुनार संयोजक, शालिकराम खड्का सह–संयोजक र रत्न खत्री, किस्मत कुमार कक्षपति, चन्द्र बहादुर चौधरी, पदमबहादुर धिताल, गुमान बहादुर दमाई, रक्षाराम बर्मा, कलिम अन्सारी (प्रधान), देव बहादुर रावत, तिर्थ ज्ञावली, बेदनिधि प्याकुरेललाई सदस्य तोकिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.