|
फाइल फोटो

धनगढी : कैलाली क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभातर्फ कांग्रेसबाट उम्मेदवार बनेकी आरजू राणा देउवाले धनगढीमा नयाँ घर खरिद गरेकी छन्। निर्वाचन प्रचारका क्रममा विपक्षीले 'पर्यटक उम्मेदवार' भनेपछि उनले धनगढी उपमहानगरपालिका वडा नम्बर ४ स्थित उत्तरबेहडीमा सुविधा सम्पन्न घर किनेकी हुन्।

तीन कट्ठा तीन धुर क्षेत्रफलमा बनेको दुई तलाको घर खरिदका लागि उनले आधा रकम बैना गरिसकेको खुलेको छ। यतिमात्र होइन, उनी नयाँ घरमा बुधबारदेखि बस्न पनि थालेकी छन्। स्थानीय शारदा हमालको नाममा रहेको जग्गासहित ६ हजार पाँच सय वर्गफिटको घर झण्डै तीन करोड रुपैयाँमा खरिद गरिएको जनाइएको छ। हमालले ३ वर्षयता घर विक्रीमा राखेकी थिइन्।

आरजू कात्तिक १४ गते धनगढी आएकी थिइन्। त्यसलगत्तै उनले निर्वाचन प्रचार थालेकी थिइन्। उनले धेरै कार्यक्रममा 'माइतीले कन्यादान गरेर सुदूरपश्चिम दिएको' उल्लेख गर्दै आफू सुदूरपश्चिमको बुहारी भएको बताउने गरेकी छिन्। 

उनी साइत हेरेर नयाँ घरमा सरे पनि नामसारीको काम भने सकिएको छैन। घरधनी हमालले आरजूले बैना दिएको तर, बैंकको काम नहुँदा समय मागेकाले घरजग्गा पास गर्न केही समय लाग्ने बताइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.