|
फाइल फोटो

डडेल्धुरा : आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलहरू आ–आफ्नो घोषणापत्र लिएर घरदैलो अभियनमा जुटेका छन्। मतदाताका लागि भने दलका घोषणापत्र जुन जोगी आए पनि कानै चिरेकाजस्तो भएको छ।

डडेल्धुराको उपेक्षित भित्री मधेस क्षेत्र आलिताल गाउँपालिकाका मतदाता मीनबहादुर बोगटी हरेक निर्वाचनमा राजनीतिक दलहरू आश्वासको भारी बोकेर आउने र निर्वाचनमा विजयी भएपछि सिन्को पनि नभाँच्ने प्रवृत्ति कायम रहेकाले घोषणापत्र पढ्नै छाडेको बताउँछन्।

‘चुनावको समयमा  राजनीतिक दलका उम्मेदवार नयाँ नयाँ सपना लिएर आउँछन्, निर्वाचन सकिएपछि सपना पूरा भएको पाइँदैन’, उनले भने, ‘पूरा गर्न सकिने एजेण्डा पनि निर्वाचित भएपछि उम्मेदवारले बेवास्ता गर्ने गरेका छन्।’

२०४८ सालदेखि हालसम्म नियमित रूपमा मतदान गर्दै आएका सुरेश बिष्टले घोषणापत्रको कुनै पनि बुँदा कार्यान्वयन नहुने भएकाले घोषणापत्र पढ्नै छाडेको बताए।
निर्वाचनका क्रममा राजनीतिक दलले विकासे नारा लगाउने गरे पनि निर्वाचनमा विजयी हुनेले प्रतिबद्धता अनुसरण गरेको पाइँदैन।

‘घोषणापत्रको कुनै औचित्य छैन’, परशुराम नगरपालिका–७ सादनीका युवा लोकेन्द्र बोहराले भने, ‘दलहरूले निर्वाचनका बेला जारी गर्ने घोषणापत्र हात्तीले देखाउने दाँतजस्तो भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.