|

पाँचथर : नेत्रविक्रम चन्द (विप्लव)नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका २ जना कार्यकर्तालाई पाँचथर प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा नेकपाको जिल्ला सदस्यसमेत रहेका फाल्गुनन्द गाउँपालिका वडा नम्बर ३ का एलिया नेम्वाङ र हिलिहाङ गाउँपालिका वडा नम्बर ३ अमरपुरका डिल्लीराम कटुवाल छन्।

उनलाई जिल्लाकै पौवाभञ्ज्याङबाट बुधबार पक्राउ गरिएको प्रहरीले जनाएको छ। आगामी मंसिर १० गते हुने निर्वाचनलाई प्रभाव पार्न निर्वाचन विरोधी गतिविधि गर्न सक्ने भएकाले उनीहरुलाई नियन्त्रणमा लिइएको पाँचथरका प्रहरी नायव उपरीक्षक वामदेव गौतमले जानकारी दिए।

पक्राउ परेका कटुवालविरुद्ध जिल्ला अदालतमा सार्वजनिक अपराधको मुद्दा दायर गरेर  प्रहरीले अुसन्धान थालेको छ। यसअघि स्थानीय तह निर्वाचनमा पनि प्रहरीले निर्वाचनविरोधी गतिविधि गर्न सक्ने भन्दै सो पार्टीका जिल्ला सचिव सहितका नेताहरुलाई पक्राउ गरी निर्वाचन सकिएपछि छाडेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.