|
Photo : BBC

अत्याधिक बाक्लो तुँवालोका कारण भारतको राजधानी नयाँ दिल्लीमा स्वास्थ्य संकटकालको अवस्था सिर्जना भएको छ। दिल्लीको प्रदुषणको स्तर खतराको सीमा पार गरिसकेकोले आइतबारसम्म विद्यालय बन्द गर्न सरकारले निर्णय गरेको छ भने कतिपय विद्यालय अनिश्चितकालका लागि बन्द  गरिएका छन्।

विगत दुईदिनयताको अवस्थालाई इन्डियन मेडिकल एसोसिएशनले 'हेल्थ इमरजेन्सी' भनेको छ। दिल्लीको आकाशलाई पछिल्ला वर्षहरुमा जाडोको मौसम शुरु भएपछि वाक्लो तुवाँलोले ढाक्ने गरेको छ। कम गतिको हावा, निर्माणस्थलबाट आउने धुलो, फोहोर जलाउने कार्य र चाडपर्वहरुमा पड्काइने पटाकाले दिल्लीमा वायु प्रदूषणको स्तर बढाएको बताइन्छ।

भारतको राजधानी दिल्लीमा वायु प्रदूषणको स्तर विश्व स्वास्थ्य संगठनले तोकेको सुरक्षित स्तरभन्दा धेरै गुणासम्म बढी पाइएको एसोसिएशनको अध्ययनले देखाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.