|

भक्तपुर : शिक्षा संकाय अध्ययनरत विद्यार्थीहरुले शिक्षा ऐन २०२८ को नवौं संशोधनको विरोधमा बिहीबार शिक्षक सेवा आयोग घेराउ गरेका छन्। शिक्षा ऐनको नवौं संशोधन अनुसार अस्थायी शिक्षकलाई स्थायी गर्न विज्ञापन आह्वान गरेपछि विद्यार्थीहरुले बिहीबार शिक्षक सेवा आयोग घेराउ गरेका हुन्।

उनीहरुले २४ घण्टाभित्र उक्त विज्ञापन खारेज गर्न अल्टिमेटमसमेत दिएका छन्। ‘शिक्षक सेवा आयोगले अस्थायी शिक्षक व्यवस्थापन गर्नका लागि भन्दै कात्तिक २१ गते खुलाएको विज्ञापन २४ घन्टाभित्र खारेज गर्न अनुरोध गर्दछौं, अन्यथा विद्यार्थीहरुले जस्तोसुकै आन्दोलन गर्न पछि पर्ने छैनन्’ विद्यार्थी संघर्ष समितिका संयोजक पुष्कर शर्माले भने।

शर्माले ७ लाख भन्दा बढी अध्यापन अनुमति पत्र लिएका र लाखौं शिक्षा संकाय पढेका विद्यार्थीको रोजगारी खोस्न र शिक्षित युवाहरुलाई खाडीमा पठाउने षड्यन्त्रमा शिक्षा मन्त्री लागेको बताउँदै आन्दोलन गर्नुपरेको बताए।

‘शिक्षामन्त्रीको बदमासीले हामी विद्यार्थीहरुलाई गम्भीर रुपमा सोच्न र आन्दोलनमा उत्रिन बाध्य बनाएको छ , यसले ६० लाखभन्दा बढी बालबालिकाहरुको भविष्यमाथि पनि खेलवाड गरेको छ ’ उनले भने। उनले विद्यार्थीहरुले राखेको माग पूरा नगरे आमरण अनशन गर्ने चेतावनी समेत दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.