|

काठमाडौं : तपाईले व्यावसायिक तवरबाट आफ्नै घरमा ठूलो मात्रामा वनामा पाइने जनावर राष्ट्रिय निकुञ्जको अनुमति नलिई पाल्नुभएको छ? छ भने ख्याल गर्नुहोस्, प्रहरीको फन्दामा पर्नुहोला।

राष्ट्रिय निकुञ्जको अनुभतिविना वन्यजन्तु पाल्न नपाइने र कसैले पालेको पाइए अवैधानिक ठानिने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले बताएको छ। रकानुनी तरिकाले वन्यजन्तु चोरी शिकारी, गैंडाको खाग बेच्नेजस्ता कार्यमा संलग्न रहेका पाँच सय जनालाई पक्राउ गरी अनुसन्धान थालिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ‘सीआईबी’ले जनाएको छ।

सीआईबीका अनुसा राष्ट्रिय निकुञ्जको स्वीकृतिविना गैरकानुनी तरिकाले वन्यजन्तु घरमै पाल्ने र गैरकानुनी रूपमा व्यापार गर्ने पाँच सय ४० जना पक्राउ परेका हुन्। ती सबैलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार कारबाही हुने विभागले जनाएको छ।

पक्राउ पर्नेमा पाँच सय १२ पुरुष र बाँकी महिला छन्। तीमध्ये चार सय ८२ जना स्वदेशी तथा ३० जा विदेशी छन्। पक्राउ पर्नेहरूबाट ठूलाे परिमाणमा पशुपंक्षीका साथै वनयजन्तुका अ‌ंग बरामद भएका छन्।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.