|

रुकुम : रुकुम सदरमुकाम मुसिकोटमा एनआईसी एसिया बैंकको शाखा औपचारिक रुपमा उद्घाटन गरिएको छ। बिहीबार बैंकको १ सय १९औँ शाखा रुकुम उद्योग वाणिज्य संघ रुकुमका अध्यक्ष टेकबहादुर पुनले उद्घाटन गरे।

रुकुम सदरमुकाम खलंगास्थित बागबजारमा केही महिनाअघि नै शाखा विस्तार भएर कारोबारसमेत सुचारु भइसकेको भए पनि बिहीबार मात्र औपचारिक उद्घाटन भएको शाखा प्रबन्धक सुदिन सिंहले जानकारी दिए। उनका अनुसार बैंकमार्फत बैंकिङ सम्पूर्ण कारोबारसँगै रेमिट्यान्सलगायत अन्य सेवा प्रदान गर्नेछ।

एनआईसी एसिया बैंकको यो मुसिकोट शाखा जिल्लाकै पहिलो शाखा हो। रुकुम सदरमुकाम मुसिकोटमा यसअघि पनि विभिन्न राष्ट्रियस्तरका आधा दर्जन बढी बैंकहरुले शाखा विस्तार गरेर कारोबार गरिरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.