|

भबिन कार्की-

    संखुवासभा : संखुवासभा जिल्लामा पहिलो चरणमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि  मतपत्र र मतदान सामग्री जिल्ला  आइपुगेको छ। हिमाली जिल्ला र भौगोलिक विकटता भएको र मतपत्र मतदान सामग्रीलाई १ हप्ता अगाडि नै मतदान केन्द्र पठाउनुपर्ने भएकाले मतपत्र प्रमाणीकरण सुरु गरिएको छ। मतदान बुथभित्र त्रुटि हुने भएकाले एक–एक गरी हेर्नुेपर्ने अनिवार्य भएको हो।

    कुनै मतपत्रमा सिरियल अनुसारको पत्र नभएको, खुम्चिएर काम नलाग्ने भटिएको र मतपत्र प्रमाणीकरण काम सुरु गरेको सहायक निर्वाचन अधिकृत भोजराज पौडेलले बताए। प्रत्यक्षतर्फको मतपत्र प्रमाणीकरण सकिएको र समानुपातिको सुरु भएको छ।

    संखुवासभा जिल्लामा प्रत्यक्षतर्फ प्रतिनिधिसभाका लागि १ लाख ५७ हजार, प्रदेशसभातर्फ क्षेत्र नम्बर १ (क) का लागि ६० हजार र क्षेत्र नम्बर २ (ख) का लागि ५९ हजार मतपत्र आएको छ। त्यसैगरी समानुपातिक तर्फ १ लाख १९ गरी जम्मा ३ लाख ५७ हजार मतपत्र आएको सहायक निर्वाचन अधिकृत पौडेलले जानकारी दिए।

    मतपत्र प्रमाणीकरणपछि मतदान केन्द्रको मतदाता संख्याको आधारमा मतपत्र छुट्याइने छ। प्रतिनिधिसभामा १ र प्रदेशसभाका लागि २ निर्वाचन क्षेत्र रहेको यस जिल्लामा १ लाख ५ हजार ८५ मतदाता छन्।

    सम्वन्धित समाचार

    तपाईको प्रतिक्रिया दिनुहोस्

    तपाईंको ईमेल गोप्य राखिनेछ ।
    This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.